१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सर्लाहीमा मतदान अधिकृतको मृत्यु



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको भएको छ ।

पर्सा गाउँपालिका-४ स्थित जिगडवा आधारभूत विद्यालयमा स्थापित मतदान केन्द्र ‘क’मा मतदान अधिकृतको जिम्मेवारी सम्हालिरहेका ४५ वर्षीय रघुनाथ महतो मंगलबार दिउँसो अचानक बेहोस भएका थिए । उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

उपचारकै क्रममा दिउँसो करिब ३ बजेतिर चिकित्सकले महतोको मृत्यु घोषणा गरेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिएका छन् । चिकित्सकका अनुसार मृत्युको यथार्थ कारण पोस्टमार्टमपछि मात्रै स्पष्ट हुने बताइएको छ । महतोको शव हाल अस्पतालमै राखिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा भएको यस घटनाले स्थानीय प्रशासन र निर्वाचन तयारीमा संलग्न कर्मचारीहरूलाई स्तब्ध बनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ६ : ४६ बजे

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न