११ भदौ २०८३, बिहिबार | August 27, 2026

बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो



बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बागलुङमा खटिएका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ।

बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो।

ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृतसमेत रहेका गैरेले निर्वाचन अधिकृतको जिम्मेवारीअनुसार काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनलाई पदबाट हटाइएको बागलुङ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले गैरेलाई पत्र पठाएर जिम्मेवारीबाट हटाएको जानकारी दिएको छ। निर्वाचन अधिकृत सुवेदीले गैरेलाई पठाएको पत्र अनुसार मतदान अधिकृतहरूको व्हाट्सएप समूहमा गैरेले व्यक्त गरेका केही अभिव्यक्ति तथा गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि यो निर्णय गरिएको उल्लेख गरिएको छ। मतदान अधिकृतले गर्न नहुने प्रकृतिका गतिविधि गरेको देखिएकाले जिम्मेवारी खोसिएको कार्यालयले जनाएको छ।

पत्रमा उनलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत सम्पूर्ण मतदान सामग्री तत्काल सुरक्षा निकायलाई बुझाउन तथा निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको उल्लेख छ।

मतदान अधिकृत हटाइएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको छ।

गैरेको स्थानमा सोही मतदान केन्द्रमा भुवन बहादुर कुँवरलाई नयाँ मतदान अधिकृतको रूपमा खटाइएको निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १ : ०७ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक