३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे



काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा आज साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये १७ जनालाई छाडिएको र १७ जनालाई हिरासतमा राखिएको जानकारी दिए ।

यसैगरी, निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका १६० जनामध्ये आज रातिसम्ममा ८६ जनालाई छाडिएको र बाँकी ७४ जनालाई हिरासतमा राखिएको उनले बताए ।

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका उम्मेदवारलाई बधाई दिएको भनेर भिडियो बनाउने एक जनालाई पनि पक्राउ गरिएको छ । निर्वाचन सुरक्षा व्यवस्था देशभर नै चुस्त रहेको र उच्च मनोबलका साथ प्रहरी टोली निर्वाचनस्थलमा तैनाथ रहेका प्रवक्ता काफ्लेले बताए ।

“कतैकतै होक्स बम देखिए पनि गम्भीर सुरक्षा चुनौती कतै पनि देखिएको छैन । निर्वाचन सुरक्षामा आवश्यकताका आधारमा कुकुर, ड्रोनसहितको टोली परिचालन गरिएका छन् । आधुनिक प्रविधिमार्फत निर्वाचनको सूक्ष्म निगरानीसमेत भइरहेको छ”, उनले भने ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १२ : ०३ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६