११ भदौ २०८३, बिहिबार | August 27, 2026

रुपन्देही-२ मा काँग्रेस उम्मेदवार चुन्नले बुटवल ४ बाट गरे मतदान



बुटवल । रुपन्देही-२ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् ।

बिहानै मतदान केन्द्रमा पुगेका उम्मेद्वार शर्मा मतदानपछि उत्साहित देखिएका थिए । सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे ।

उनले निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गरे । ´जनताको मत नै सर्वोच्च शक्ति हो, त्यसैले सबै मतदाताले निर्धक्क भएर आफ्नो अधिकार प्रयोग गर्नुहोस्`( उनले भने ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ७ : ४९ बजे

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन