२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

"यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्”



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को ऐतिहासिक महत्वको स्मरण गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत आजको दिन आफ्नो जीवनसँग पनि गहिरो रूपमा जोडिएको बताएका हुन्।

आज मतदानको मध्य दिनको समय पारेर ओलीले सुखानीका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले आजकै दिन सुखानी शहीद दिवस रहेको र यही दिन ६ वर्षअघि आफ्नो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको स्मरण गरेका छन्।

“आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो। आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,” उनले लेखेका छन्।

आज मतदानको दिन समेत परेका कारण ओलीले यसअघि आजैको दिनमा भएका दुई महत्वपूर्ण घटनाक्रमलाई स्मरण गर्दै आज पनि महत्वपूर्ण हुने संकेत गरेका हुन् । ओली झापा क्षेत्र नं. ५ का उम्मेदवार हुन् । उनलाई पराजित गर्ने एक मात्र उद्देश्य राखेका बालेन्द्र साहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा पेश गरेको छ । ओलीलाई नेकपा एमालेले पनि प्रधानमन्त्रीकै उम्मेदवारको रुपमा पेश गरेको छ ।

ओलीले झापा आन्दोलनले निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल फुकेको उल्लेख गर्दै सो आन्दोलनका क्रममा आफूहरूलाई जेल हालिएको पनि स्मरण गरेका छन्। उनले त्यतिबेला झापा आन्दोलनका पाँच जना योद्धालाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको घटनालाई नेपाली राजनीतिक इतिहासको दुःखद अध्यायका रूपमा उल्लेख गरेका छन्।

झपा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर आजैको दिनमा हत्या गरेको थियो।

ओलीले आफूलाई पनि त्यसबेला जेल सार्ने बहानामा हत्या गरिन लाग्दा मृत्युको मुखबाट फर्किएको स्मरण गर्दै त्यसपछि १४ वर्ष कठोर कारावास भोग्नुपरेको बताएका छन्।

“देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। फागुन २१ कहिल्यै नबिर्सने दिन हो,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  २ : ३६ बजे

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा हालसम्म करिब ४८

दिउँसो ३ बजेसम्म ७६ लाखभन्दा बढी मतदान, ४० प्रतिशत मत खस्यो

काठमाडौं । देशभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह