७ कार्तिक २०८३, शनिबार | October 24, 2026

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब ३३ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अपडेटेड तथ्यांकअनुसार यस अवधिसम्म कुल ६२ लाख २० हजार ४२ मत खसेको छ।

आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये उक्त संख्यामा मत खसेको हो। देशभर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका १० हजार ४६७ मतदानस्थलमा मतदान भइरहेको छ।

प्रदेशगत विवरणअनुसार उपत्यकामा करिब ४७ प्रतिशत मतदान भएको छ भने कोशीमा ३२ प्रतिशत, मधेशमा २८ प्रतिशत, बागमतीमा ३४ प्रतिशत, गण्डकीमा ३९ प्रतिशत, लुम्बिनीमा २९ प्रतिशत, कर्णालीमा ३६ प्रतिशत र सुदूरपश्चिममा ३३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

हालसम्म देशभर ३३ प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको छ । मतदान साँझसम्म जारी रहने भएकाले कुल मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगले मतदातालाई ढुक्कसँग मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ३ : ०९ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना