१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान



नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३ दशमलव ४६ प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्लामा ३ लाख ५० हजार ३७१ जना मतदाता रहेकोमा २ लाख २२ हजार ३६६ जनाले मतदान गरेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

बाँकेमा १ लाख १५ हजार ४५९ जना महिला मतदाताले मतदान गर्दा १ लाख ६ हजार ९०४ जना पुरुषले मतदान गरेका छन् । बाँकेमा ९ जना अन्य मतदाता रहेका मध्य ३ जनाले मतदान गरेका छन् ।

सुरक्षा स्रोतले दिएको जानकारी अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार १९९ जना, क्षेत्र नम्बर २ मा ७२ हजार ६०९ जना र क्षेत्र नम्बर ३ मा ७४ हजार ५५८ जनाले मतदान गरेका छन् ।

३ वटै निर्वाचन क्षेत्रमा मतपेटिका संकलनको काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेको क्षेत्र नम्बर १ को अगैया स्थित पालिका भवनमा, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालयमा र क्षेत्र नम्बर ३ को कपास विकास समितिको प्रधान कार्यालयमा मतगणना हुनेछ । मतपेटिका संकलन लगत्तै सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फोटो : खगेन्द्र दाहाल

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ९ : १८ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म