११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

कैलालीका दुई क्षेत्रमा नेकपा, एक-एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता



कैलाली । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्तगरी अग्रता कायम राखेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्तगरी पछ्याइरहेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गरेर कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरलाई उछिनेका छन्। स्वाँरले ४०७ मत पाएका छन्। रास्वपाका केपी खनालले ३१६ मत पाएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ को पछिल्लो मत गणनाको परिणामअनुसार रास्वपाका आनन्दबहादुर चन्दले तीन हजार ९४४ मत पाएका छन्। नेपाली कांग्रेसका नरनारायण शाहले एक हजार ४७५ मत र नेकपा (एमाले)का यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६०४ मत प्राप्त गरी अग्रता बनाएका छन् । उनलाई रास्वपाका जगतप्रशाद जोशीले २७५ मत प्राप्तगरी पछ्याइरहेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले २५२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : ४७ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि