काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
खनालले २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत ल्याएका छन्। अन्य उम्मेदवारहरु चार अंकमा प्रवेश गर्न सकेनन् ।

















प्रतिक्रिया