१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजार बढी मतले अगाडि



झापा । झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शाहले ११ हजार ९४५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २ हजार ६९२ मत प्राप्त गरेका छन् । यससँगै साहले ओलीभन्दा ९ हजार २५३ मतान्तरसहित अग्रता बनाएका छन् ।

झापा-५ मा यी दुई नेताबीचको प्रतिस्पर्धा यस निर्वाचनको सबैभन्दा चर्चित भिडन्तमध्ये एक मानिएको छ ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म शाहको अग्रता अझै बढ्न सक्ने अनुमान गरिएको छ । साथै उनी झापातर्फ प्रस्थान गरिसकेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : ३८ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ