१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि



झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शाहले ११ हजार ९४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २ हजार ६९२ मत पाएका छन् । यससँगै शाहले ओलीभन्दा ९ हजार २५३ मतान्तरले अग्रता बनाएका छन् ।

झापा-५ मा यी दुई नेताबीचको प्रतिस्पर्धा यस निर्वाचनको सबैभन्दा चर्चित भिडन्तमध्ये एक मानिएको छ ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म शाहको अग्रता अझै बढ्न सक्ने अनुमान गरिएको छ । साथै शाह झापातर्फ प्रस्थान गरिसकेको जानकारी पनि प्राप्त भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : २१ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका