२४ भदौ २०८३, बुधबार | September 9, 2026

लमजुङमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा, रास्वपाका केसी नजिकै



काठमाडौं । लमजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा देखिएका छन् ।

हालसम्मको मतपरिणाम अनुसार गुरुङले ३ हजार ६९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ३ हजार ३९३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले ३ हजार २७४ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका हरिजंग तामाङले ५१९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका केबिन्द्रजंग गुरुङले १०२ मत प्राप्त गरेका छन् ।

लमजुङ जिल्लामा कुल १ लाख ६६ हजार २८७ जनसंख्या रहेको छ । जिल्लामा १ लाख ३३ हजार ५५९ मतदाता रहेका छन्, जसमा ६५ हजार २७१ पुरुष र ६८ हजार २८८ महिला रहेका छन् । जिल्लामा प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ३३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको