बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई झनै फराकिलो बनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार खरेलले हालसम्म २७ हजार ६८४ मत प्राप्त गरेका छन् । उनी २१ हजार ८२३ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा रहेका छन् ।
नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेल ५ हजार ८६१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले ४ हजार ३२ मत प्राप्त गरेका छन् ।
रूपन्देही-२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ तथा सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ समेटिएका छन् ।
यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जना प्रतिस्पर्धामा रहेका छन् ।
मतगणना जारी रहेको छ ।

















प्रतिक्रिया