३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

जनताको सेवामा अविचलित रहने प्रतिबद्धता



बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले निर्वाचन परिणामपछि पार्टीभित्र समीक्षा गर्दै जनअपेक्षा अनुसार रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लामो सन्देश सार्वजनिक गर्दै पौडेलले एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनर्गठन गर्न अग्रसर रहने र अविचलित रूपमा जनता तथा राष्ट्रको सेवामा समर्पित भइरहने बताएका हुन्।

उनले भनेका छन्, “बिगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गंभीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रुपनान्तरण गर्न र नेकपा (एमाले)को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।”

पौडेलले निर्वाचन परिणामबाट पार्टीका नेता-कार्यकर्ता विचलित नहुन आग्रह गरेका छन् । उनले राजनीति लामो यात्रा भएकाले यसमा उतारचढाव स्वाभाविक रहेको उल्लेख गर्दै लेखेका छन्, “जस्तोसुकै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन ।”

लोकतन्त्रको सुन्दरता जनताको अभिमत भएको उल्लेख गर्दै उनले रुपन्देही क्षेत्र नम्बर २ का मतदाताको निर्णयलाई सविनय र सहर्ष स्वीकार गरेको बताएका छन्।

यस निर्वाचनमा विजयी भएका रास्वपाका सुलभ खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

पौडेलले रुपन्देही विशेष गरी क्षेत्र नम्बर २ लाई आफ्नो जीवनको अभिन्न हिस्सा र कर्मभूमि भएको उल्लेख गर्दै पदमा रहे पनि नरहे पनि यहाँका जनताको सुख-दुःखमा सधैं साथ रहने बताएका छन्।

निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने तथा आफ्ना आ-आफ्ना विश्वासका आधारमा विभिन्न चुनाव चिन्हमा मतदान गर्ने मतदाताप्रति सम्मान व्यक्त गर्दै उनले चुनावी अभियानमा खटिएका एमालेका नेता-कार्यकर्ता तथा शुभेच्छुकलाई धन्यवाद दिएका छन्।

साथै निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका नेता-कार्यकर्ता, सञ्चारकर्मी तथा सञ्चारमाध्यमप्रति पनि उनले आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ११ : १२ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा