६ भदौ २०८३, शनिबार | August 22, 2026

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

"सुनामीको लहडमा पनि विश्वास गरेर मतदान गर्ने मतदाताप्रति म ऋणी छु"



चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति भावुक सन्देश दिएकी छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले “कामद्वारा तपाईंहरूको मन त जितें, तर मत जित्न सकिनँ” भन्दै जनताको मतलाई सम्मान गरेको बताएकी हुन्।

उनले निर्वाचनमा विजयी भएकी सोविता गौतमलाई बधाई दिँदै आगामी दिनमा चितवनको विकास र समृद्धिका लागि सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।

दाहालले झण्डै ३० वर्षको आफ्नो राजनीतिक यात्रामा भरतपुरमा बिताएको नौ वर्षलाई विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उल्लेख गरेकी छन्। जनताको सपना, आवश्यकता र चाहना पूरा गर्नु नै आफ्नो सपना भएको उनले बताएकी छन्।

विकासका लागि जनतामैत्री नीति तथा कानुनको आवश्यकता महसुस गरेपछि आफूले नगर प्रमुखको १५ महिना कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनले उल्लेख गरेकी छन्।

निर्वाचन परिणामलाई स्वीकार गर्दै उनले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेकी छन्। “यो सुनामीको लहरमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताप्रति म ऋणी छु,” उनले सन्देशमा उल्लेख गरेकी छन्।

दाहालले चुनावी अभियानमा सक्रिय रूपमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारप्रति पनि धन्यवाद व्यक्त गरेकी छन्।

परिणाम जस्तोसुकै भए पनि चितवनवासीको हकहित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ५९ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक