२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते



चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो आज आफैँ अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विकसहित राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनि तामाङ र सोही स्थानकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा परी घाइते राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङकोे सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : १० बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा