११ कार्तिक २०८३, बुधबार | October 28, 2026

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो ।

आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक लाख १५ हजार ५५० पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १८ करोड दुई लाख ५५ हजार १५७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ४७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी रिदीपावर कम्पनी लिमिटेडको रु ८५ करोड ९४ लाख ५० हजार ३९४ बराबरको २४ लाख ३७ हजार ३३० बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ४ : २२ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ