३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी



‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा एनपीजे लायन किङ्सले उत्कृष्ट प्रदर्शन गर्दै जुनियर क्याम्ब्रिज लाई १२ रनले पराजित गरेको छ।

‎पहिले ब्याटिङ गरेको एनपीजे लायन किङ्स ले निर्धारित १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। टोलीका लागि आदिल शाहले सर्वाधिक २८ रन बनाए। त्यस्तै हसन शेखले १३ रन, अमन कासगरले ११ रन र फयान खानले १० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

‎९६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जुनियर क्याम्ब्रिजले राम्रो सुरुवात गर्न नसक्दा १३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो। जुनियर क्याम्ब्रिजका लागि गौश हलुवाईले १३ रन, अभिषेक शर्मा, अयान खान र ऋतिक सिंह राजपूतले समान १०–१० रन बनाएका थिए। इमरान खानले ७ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

‎बलिङतर्फ एनपीजे लायन किङ्सका बलरहरूले प्रभावशाली प्रदर्शन गरे। अमन कासगरले घातक बलिङ गर्दै ३ ओभरमा २५ रन दिँदै ४ विकेट लिए। त्यस्तै अयान खानले १ ओभरमा ११ रन दिँदै २ विकेट, तौशेर खानले ३ ओभरमा १५ रन दिँदै २ विकेट तथा फरान अली शेखले ३ दशमलव ४ ओभरमा १९ रन दिँदै १ विकेट लिएर टोलीलाई जिततर्फ डोर्‍याए।

‎खेलमा उत्कृष्ट प्रदर्शन गरेका इमरान खानलाई प्लेयर अफ द म्याच घोषित गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १० : ३१ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६