३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त



पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक मोडमा पुगेको छ ।

अमेरिकाले बिहानै इरानको खार्ग द्वीपमा रहेको सैनिक क्याम्पमा आक्रमण गरेको छ । खार्ग द्वीप इरानको तेल उत्पादनका लागि मुटु मानिन्छ । आफ्नो तेल प्रशोधन केन्द्रमा आक्रमण गरिए खाडी क्षेत्रभरि रहेका अमेरिकी लगानीका एवं अमेरिकालाई सहयोग गर्ने तेल कम्पनीहरु सबैलाई समाप्त पारिदिने इरानले चेतावनी दिएको छ ।

इरानले साउदी अरबमा रहेको एक सैन्य एयरबेसमा मिसाइल आक्रमण गरेको छ । सो आक्रमणमा अमेरिकी वायुसेनाका पाँच वटा इन्धन बोक्ने जहाजमा क्षति पुगेको छ ।

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको समाचारअनुसार ती विमानहरू इरानबाट भएको आक्रमणका क्रममा क्षतिग्रस्त भएका हुन्। यद्यपि उक्त आक्रमण कहिले भएको हो भन्नेबारे रिपोर्टमा स्पष्ट गरिएको छैन।

यस घटनाबारे प्रतिक्रिया माग्दा यूएस सेन्ट्रल कमाण्डले भने कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।

हिजो मात्र इरान समर्थक इराकी विद्रोही समुहले गरेको आक्रमणमा एक इन्धन बोक्ने जहाज ध्वस्त भएको थियो भने ६ जना क्रु मेम्बरको मृत्यु भएको थियो । अर्को एक जहाजमा क्षति पुगेको थियो ।

उता आजै मात्र इरानले हानेको आत्मघाती ड्रोन आत्रमणबाट इराकस्थित अमेरिकी दूतावासको लञ्च प्याड ध्वस्त भएको छ ।

इरान विरुद्ध अमेरिका र इजरायलले हवाइ आक्रमण तिब्र बनाइरहेका छन् । इरानले इजरायलको राजधानी तेलअभिवमा गरेको मिसाइल आक्रमणबाट ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ११ : १५ बजे

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्