३१ श्रावण २०८३, आइतबार | August 17, 2026

समानुपातिक सांसदको नाम टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ प्राप्त सिटका आधारमा सांसदको नाम टुंग्याउन नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने तय भएको छ ।

बैठकमा निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्यहरूको अन्तिम नाम छनोट गर्ने विषयमा छलफल तथा निर्णय गरिने जनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरेका छन् ।

गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो भने समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ । सोही सिटका आधारमा प्रतिनिधि सभा सदस्यको नाम टुंग्याउन आजको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ७ : ५२ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण