१ चैत्र २०८२, आइतबार | March 15, 2026

एघार महिनामा ६ हजार विपद्का घटना



काठमाडौं । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ ।

विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।

सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् । त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए ।

यस्तै, हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् । त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : २० बजे

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी