२३ भदौ २०८३, मंगलबार | September 8, 2026

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा



काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति असहमति जनाउँदै डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गतको आतंकवादविरोधी केन्द्रका निर्देशक पदबाट राजीनामा दिएका छन् ।

केन्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान पुनर्विचार गर्न आग्रह गर्दै इरान अमेरिकाका लागि तत्काल ठूलो खतरा नभएको दाबी गरेका छन् । उनले ट्रम्प प्रशासनले इजरायल तथा अमेरिकी लबीको दबाबमा युद्धतर्फ अघि बढेको आरोपसमेत लगाएका छन् ।

४५ वर्षीय केन्ट अमेरिकी विशेष बल तथा केन्द्रीय गुप्तचर एजेन्सी सीआईएका अनुभवी अधिकारी हुन् । उनले स्वदेश तथा विदेशमा लामो समयसम्म सेवा दिएका छन् ।

उनकी पत्नी शैनन केन्ट अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’का रूपमा कार्यरत थिइन् । सन् २०१९ मा सिरिया मा भएको आत्मघाती आक्रमणमा उनको मृत्यु भएको थियो ।

केन्टले आफ्नो वक्तव्यमा मध्यपूर्वमा जारी युद्धले अमेरिकी जनताको जीवन र देशको आर्थिक अवस्थामाथि नकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन् । उनले केही उच्चपदस्थ इजरायली अधिकारी तथा प्रभावशाली अमेरिकी मिडियाले ‘भ्रामक सूचना’ फैलाएर इरानलाई ठूलो खतरा भएको देखाउने प्रयास गरेको आरोप पनि लगाएका छन् ।

लामो समयदेखि ट्रम्पका समर्थक रहेका केन्ट गत वर्ष जुलाईदेखि आतंकवादविरोधी केन्द्रको निर्देशकका रूपमा कार्यरत थिए ।

यसबीच ट्रम्प प्रशासनका अन्य केही वरिष्ठ अधिकारीहरूले पनि पदबाट राजीनामा दिएका छन् । तीमध्ये मार्गरेट रायन र रिक ग्रेनेल प्रमुख रहेका छन् । यद्यपि, ट्रम्पको दोस्रो कार्यकालमा अधिकारीहरूको आवागमन दर पहिलो कार्यकाल (सन् २०१७-२०२१) को तुलनामा कम रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ८ : ५३ बजे

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री