१९ असार २०८३, शुक्रबार | July 4, 2026

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस



नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक जना प्रदेश महाधिवेशन प्रतिनिधिलाई साधारण सदस्य समेत नरहनेगरि कारवाहीको सिफारिस गरेको छ ।

पार्टीको आचरण, अनुशासन र विधान विपरित कार्य गरेको भन्दै महासमिति सदस्य लक्ष्मी नारायण शाह र प्रदेश महाधिवेशन प्रतिनिधी राजु यादवलाई ५ बर्ष सम्म पार्टीको साधारण सदस्य नरहने गरि अनुशासनको कारवाहीका लागि सिफारिस गरेको हो ।

दुबैजनालाई पार्टीको आचरण, अनुशासन र विधान विपरित पार्टीको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन विरुद्धको गतिबिधिमा संलग्न भइ पार्टीलाई हानीहुने कार्य गरेको आरोप लगाइएको छ । बाँके कांग्रेसले उनीहरुलाई विधान २०१७ को परिच्छेद ९ को धारा ३४, उपधारा (क) र (ख) तथा पार्टीको नियमावली २०७६ परिच्छेद १० (२९) को १(क) र (ङ) बमोजिम ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गर्न सिफरिस गरेको छ ।

निर्वाचनको समिक्षा गर्न आज नेपालगन्जमा बसेको समिक्षा भेलामा कारवाहीको सिफरिस सुनाए लगत्तै शाह र यादव समर्थकहरुले नाराबाजी गर्नुका साथै केहीबेर भेलामा हो हल्ला गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : १७ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०