५ चैत्र २०८२, बिहिबार | March 19, 2026

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि नैतिक जिम्मेवारी लिँदै उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

थापाको राजीनामाबारे छलफल गर्न शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । बैठकले राजीनामा स्वीकृत गर्ने सम्भावना भने न्यून रहेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भएसँगै राजीनामाको तयारीमा रहेका थापालाई पार्टीका शीर्ष नेताहरूले पद नछोड्न सुझाव दिँदै आएका थिए । यद्यपि पार्टीभित्रैको एक समूहले भने उनलाई सार्वजनिक रूपमा राजीनामा दिन दबाब दिँदै आएको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीको अपेक्षाभन्दा कमजोर प्रदर्शनसँगै थापा स्वयं पनि सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए ।

यसअघि गत पुसमा काठमाडौंमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ७ : १६ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई