९ भदौ २०८३, मंगलबार | August 25, 2026

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

नयाँ सरकार गठनको बाटो खुल्यो



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ।

बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोगका पदाधिकारीसहितको टोलीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेको हो।

त्यसअघि आयोगले आफ्नो कार्यालयमा समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र पनि वितरण गरेको थियो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)दुईतिहाइ नजिकको सिट जितेर सबैभन्दा ठूलो दल भएको छ । रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जितेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३८ सिट जितेको छ भने नेकपा (एमाले) मात्र २५ सिट हात पारेको छ। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १७ सिटमा सीमित भएको छ।

नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ७ सिट जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ सांसदमा खुम्चिएको छ ।

निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएसँगै अब नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ। राष्ट्रपतिले आफुले निर्वाचन आयोगको प्रतिवेदन प्राप्त गरेको जानकारी संसद सचिवालयलाई गराउने छन् । त्यसपछि, राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार संसदमा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीका लागि आह्वान गर्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ५ : ०८ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३