त्रिशूली । नुुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् ।
स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनकोअबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए। घटना पश्चात गम्भीर घाइते अबस्थामा तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ ।
हाल उनी धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचाररत छन्। घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७–१८ जना मानिसहरु मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जङ्गलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ ।


















प्रतिक्रिया