१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन



काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा सोमबार विशेष झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।

नेपालका लागि पाकिस्तानका राजदूत अरावर एच हाश्मीले दूतावास परिसरमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए। कार्यक्रममा राष्ट्रपति असिफ अलि जर्दारी, प्रधानमन्त्री शाहवाज सरिफ तथा उपप्रधानमन्त्री एवं विदेशमन्त्री इश्साक डारले पठाएको सन्देश वाचन गरिएको थियो।

राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा पाकिस्तान दिवसले राष्ट्रिय संकल्पलाई वास्तविकतामा रूपान्तरण गर्न एकता र ऐक्यबद्धता सबैभन्दा महत्वपूर्ण तत्व भएको सम्झना दिलाउने बताएका छन्। उनले विधिको शासन सुनिश्चित गर्ने, लोकतान्त्रिक संस्थाहरू सुदृढ गर्ने, असमानता घटाउने, महिलालाई सशक्त बनाउने तथा आतंकवाद र अतिवादको अन्त्य गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रधानमन्त्री शहबाज शरीफले २३ मार्च दक्षिण एशियाको इतिहासमा महत्वपूर्ण माइलस्टोन भएको उल्लेख गर्दै पाकिस्तान विश्वशान्तिको पक्षधर भएको बताएका छन्। उनले दक्षिण एशियामा दीगो शान्ति जम्मु–कश्मीर समस्याको न्यायोचित समाधानसँग जोडिएको धारणा व्यक्त गरेका छन्। साथै उनले प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउँदै पश्चिमएशियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका छन्।

उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले आफ्नो सन्देशमा पाकिस्तान स्थापना गर्न अग्रजहरूको अविचल संघर्ष र दूरदर्शिताको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले कश्मीरका जनताको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तानले निरन्तर राजनीतिक, नैतिक र कूटनीतिक समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै राजदूत हाश्मीले पाकिस्तान दिवसका अवसरमा पाकिस्तान समुदाय तथा परिवारजनलाई बधाई दिएका थिए। उनले पाकिस्तान–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन यहाँ रहेका पाकिस्तानी समुदायको योगदानको प्रशंसा गरेका थिए।

उनले सन् १९४० मार्च २३ लाई पाकिस्तान निर्माणको आधारशिला राखिएको ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै मोहम्मद अलि जिन्हा लगायतका नेताहरूको नेतृत्व र पूर्वजहरूको बलिदानलाई सम्मान व्यक्त गरे।

प्रधानमन्त्रीको निर्देशनअनुसार यस वर्ष पाकिस्तान राष्ट्रिय दिवसको औपचारिक स्वागत समारोह आयोजना नगर्ने दूतावासले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : २० बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को