८ कार्तिक २०८३, आइतबार | October 26, 2026

तीन महिनाका लागि एन्फा निलम्वन



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा कानुनी व्यवस्था पालना नगरेको कारण निलम्वन गरेको राखेपको पत्रमा उल्लेख गरेको छ ।

विशेषगरी एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाउँदा परिषद्को स्वीकृति नलिएको र कानुनअनुसार काम नगरेको भन्दै यो कदम चालिएको परिषद्ले जनाएको छ ।

यसअघि परिषद्ले पटकपटक निर्देशन दिए पनि कार्यान्वयन नभएको, साथै महासङ्घको विधान र राष्ट्रिय कानुनबीच समन्वय नगरेको भन्दै अन्ततःनिलम्वनको निर्णय गरिएको राखेपद्वारा जारी पत्रमा जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : १३ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको