१० भदौ २०८३, बुधबार | August 26, 2026

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल



काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथको साइत हेराइका विषयमा टिप्पणी गरेका छन् । अर्थमन्त्री खनालले शपथका लागि साइत जुराईएको विषय आफुलाई मन नपरेको भन्दै सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन् ।

उनले आफुहरु सरकारमा जाँदा साइत हेर्ने, देखाउने छुट वा समय नै नभएको उल्लेख गर्दै अर्थमन्त्री खनालले साइत नहेराई बनेको सरकारले इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको दाबी समेत गरेका छन् ।

‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!!, तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!! ।’

प्रस्तावित प्रधानमन्त्री शाहले भने ज्योतिषहरुबाट निकालिएको साइतमा शंखध्वनी र स्वस्तीवाचन सहित शपथ ग्रहण गर्ने तयारी गरेका छन् । शुक्रबार १२ः३४ बजे शपथ र पदबहालीका लागि २ः१५ बजे उपयुक्त साइत निकालिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : ५६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट