१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि युवा व्यवसायी पंकज राईले उम्मेदवारी घोषणा गरेका छन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत राईले आसन्न नेतृत्व चयन प्रक्रियामा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको उक्त समितिमा करिब २ हजार ट्रक आबद्ध रहेका छन् । समितिको २५ औँ साधारणसभा तथा १४ औँ अधिवेशन आगामी चैत २१ गते हुने तय भएको छ । सोही अधिवेशनलाई लक्षित गर्दै राईले १४ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।

राईले व्यवसायी, स्वरोजगार श्रमिक र मजदुरबीच समन्वय, एकता र सहकार्यको वातावरण निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

उनका अनुसार सडक दुर्घटना व्यवस्थापनलाई सहज बनाउन मोबाइल एपमार्फत द्रुत समाधान प्रणाली विकास गरिनेछ । साथै व्यवसायीमैत्री कानुन निर्माणका लागि पहल गर्दै अव्यवहारिक तथा व्यवसायीविरोधी नियमहरूको सुधारमा जोड दिइने उनले बताए ।

चालक तथा सहचालकको सामाजिक सुरक्षा, बीमा, तालिम र नियमित स्वास्थ्य परीक्षणको व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । साथै दुर्घटना बीमा कार्यक्रम सञ्चालन र चालक स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

राईको उम्मेदवारीसँगै समितिको आगामी नेतृत्व चयन प्रक्रिया थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : ३१ बजे

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली

नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण