१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको मूल्यमा वृद्धि भएको छ। उनको सम्बोधन इरानमा जारी युद्धसँग सम्बन्धित थियो।

ट्रम्पले सम्बोधन सुरु गर्नु अघि बेन्चमार्क ब्रेन्ड क्रुड आयलको मूल्य करिब प्रतिव्यारेल १०० डलर आसपास थियो। तर उनको भाषणको क्रममा यसको मूल्यमा उतारचढाव देखिएको थियो।

तर सम्बोधन सकिएपछि भने तेलको मूल्य निरन्तर बढ्दै गएको छ। हाल यसको मूल्य करिब ४ प्रतिशतले बढेर प्रतिव्यारेल १०५.३८ डलर पुगेको छ।

ट्रम्पले स्टेट अफ हर्मुज सम्बन्धी कुनै घोषणा गर्न सक्ने अनुमान गरिएको थियो। तर त्यसबारे कुनै नयाँ जानकारी नआएपछि तेलको मूल्य बढेको देखिएको छ।

होर्मुज विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो, किनकि विश्वको करिब २० प्रतिशत ऊर्जा व्यापार यही संकुचित समुद्री मार्गबाट हुने गर्दछ।

फेब्रुअरी २८ मा युद्ध सुरु भएयता यो मार्ग लगभग बन्दजस्तै अवस्थामा छ, किनकि इरानले अमेरिकी र इसरायली हवाई आक्रमणको जवाफमा यस मार्ग हुँदै जाने जहाजमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ९ : ४८ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने