९ कार्तिक २०८३, सोमबार | October 26, 2026

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनका लागि संघका अध्यक्ष हरिप्रसाद अर्याललाई मुख्य प्रतिनीधिमा चयन गरेको छ । संघको शुक्रबार बसेको कार्यसमिति बैठकले महासंघको ६०औं साधारण सभा तथा निर्वाचनका लागि कार्यकारिणी सदस्यका उम्मेद्वार समेत रहेका अध्यक्ष अर्याललाई मुख्य प्रतिनिधीमा चयन गरेको हो ।

बैठकले निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू र वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई अतिरिक्त प्रतिनीधि चयन गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

संघका अध्यक्ष अर्यालको अध्यक्षतामा बसेको बैठकले विगतका प्रावधानहरुलाई समेत आधार बनाएर मुख्य प्रतिनीधि र अतिरिक्त प्रतिनिधी चयन गरिएको महासचिव अधिकारीले बताए । बुटवल उद्योग वाणिज्य संघले अध्यक्ष अर्याललाई महासंघको निर्वाचनमा खुल्ला तर्फबाट कार्यकारिणी सदस्यको रुपमा अगाडि सारेको छ । अध्यक्ष अर्यालले महासंघको निर्वाचनका सन्दर्भमा अहिलेसम्म भएका गतिविधि र चुनावी रणनीति सहित सम्भावित परिदृश्यका बारेमा बैठकमा जानकारी गराएका थिए ।

बैठकले संघमा ‘व्यवसाय सम्वद्र्धन कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरेको छ । विगतमा विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको संघले सोही मोडलमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै रुपन्देहीका देवदह नगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा बन उद्यम कार्यक्रम सञ्चालनका लागि प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ४ : १७ बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को