काठमाडौं । सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीमाथि अन्याय भएको संकेत गर्दै कडा टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने टिप्पणी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका गुरुङले शपथ लिएयता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतका उच्च राजनीतिक व्यक्तित्वहरू पक्राउ परिसकेका छन् ।
यसैबीच शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएको छ ।
पछिल्ला यी घटनाक्रमले देशको राजनीतिक तथा सुरक्षा परिस्थितिबारे नयाँ बहस सिर्जना गरेको छ ।


















प्रतिक्रिया