२२ चैत्र २०८२, आइतबार | April 5, 2026

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ



काठमाडौँ । व्यवसायी सुलभ अग्रवाललाई पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार उनलाई अनुसन्धान जारी रहेको मुद्दामा बयानको लागि नियन्त्रणमा लिइएको हो ।

अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् । उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रवार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको जनाएको छ ।

शंकर ग्रुपले सञ्चालन गरेको जगदम्बा स्टिल नेपालको बहुचर्चित उद्योगहरुमा गणना हुने गर्दछ । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १ : १० बजे

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

काठमाडौं । नेपाल आयाल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई

युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छु : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी

अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित