२२ चैत्र २०८२, आइतबार | April 5, 2026

सुशासन र पारदर्शितामा सांसदहरूको जोड



काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ ।

बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने बताए ।

सोही दलकी गीता देवकोटाले किसानमैत्री नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् भने सांसद चन्द्रबहादुर केसीले देशको ‘आर्थिक विकास’ वर्तमान सरकारको मूलमन्त्र हुनुपर्ने बताए ।

बैठकको शून्य समयमा पश्चिम एसियामा जारी द्वन्द्वका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको तथा यसबाट सीमान्तकृत वर्ग समस्यामा परेको विषयलाई सभाका सदस्यहरूले प्राथमिकताका साथ उठाए ।

सांसद उदयबहादुर बोहोराले पश्चिम एसियाली देशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारसँग आग्रह गरे ।

सांसदहरू जयन्तीदेवी राई, मोहम्मद खालिद राजेन्द्रलक्ष्मी गैरे र सोनामगेल्जेन शेर्पाले पश्चिम एसियामा जारी द्वन्द्व तथा त्यसबाट नेपालसहित विश्वभर परेको प्रभाव एवं समसामयिक विषयमा सदन एवं सरकारको ध्यानाकर्षण गराए ।

सांसद भुवनबहादुर सुनारले सुर्खेतकी इनिशा विक प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए । सांसद सुरेशकुमार आलेमगरले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन नहुने धारणा व्यक्त गरे ।

शून्य समयमा सांसदहरू मदनकुमारी शाह र नारायणदत्त मिश्रले पनि समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १ : ५४ बजे

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको

झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य