२२ चैत्र २०८२, आइतबार | April 5, 2026

भोलिबाट शनिबार र आइतबार २ दिन बिदा

सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म



काठमाडौं। सरकारले अबदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै सरकारी र शैक्षिक संस्थानमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । यो व्यवस्था भोलि चैत २३ गतेदेखि नै लागु हुनेछ ।

ऊर्जा आपूर्ति व्यवस्थापनलाई सहज बनाउन अस्थायी रूपमा दुई दिन सार्वजनिक बिदा दिने नीति अवलम्बन गरेको उनले बताए । यसरी बिदा दिँदा सरकारी कार्यालयमा कामकाजको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । शैक्षिक संस्थाहरुमा भने पूर्ववत समयमा पठनपाठन हुने उनले बताए ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र बैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताए।

 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  २ : ४१ बजे

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

काठमाडौं । नेपाल आयाल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई

युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छु : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी

अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित