काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १३ दिन ढिला गरेर १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख २ मा नयाँ शैक्षिक सत्रको सुरुवात हुने गरेको थियो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र अब वैशाख १५ मा सुरु गर्ने निर्णय गरिएको जानकारी दिए ।
यस्तै अबदेखि शैक्षिक संस्थामा सातामा शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय पनि सरकारले गरेको छ।

















प्रतिक्रिया