५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न गरेको छ ।

यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

यस साझेदारी पश्चात् सिटी टेक को हार्डवेयर फिनपोसमा   SCT  को प्लेटफर्म मार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ जसमा विभिन्न कार्ड स्किम हरु Visa, UnionPay, NepalPay, etc. तथा Dynamic QR  का लागि SmartQr मार्फत डिजिटल भुक्तानी लाई सपोर्ट हुनेछ ।

यस साझेदारीमार्फत क्ऋत् को सशक्त भुक्तानी पूर्वाधार payment infrastructure लाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य scalable POS डिभाइस उपलब्ध गराइनेछ।

POS Acquiring व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु यो सेवाबाट लाभान्वित हुन सक्ने छन् । कार्ड स्किमहरुको छुट्टाछुट्टै सदस्यता ,प्रविधि मा गर्नु पर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले ले यी संस्थाहरुका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने छ ।

SCT  डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको छ।फिनपोस सँग को साझेदारी यसै प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो।

 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : २१ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने