बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा देवदह व्यायज रुपन्देही विजयी हुँदै अन्तिम चारमा स्थान बनाएको छ । सोमबार भएको पहिलो क्वाटरफाईनलमा हनामी बिएफसी चितवनलाई ६-० गोल अन्तरले पराजित गर्दै देवदह ब्यायज अन्तिम चारमा स्थान बनाएको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको एकतर्फी खेलमा देवदहका एलेक्सले प्रतियोगिताकै पहिलो हयाट्रिक गरे । देवदहका कप्तान सुरज चौधरीले खेलको पाचौँ मिनेटमा खाता खोलेका थिए ।
डिबक्स नजिकबाट गरेको चौधरीको प्रहार हनामीको गोलकिपरको हातमा लाग्दै जाली चुम्यो । विपक्षी टिमको डिफेन्सको कमजोरीलाई सदुपयोग गर्दै एलेक्सले खेलको ३० औं मिनेटमा दोस्रो गोल गरे । एलेक्सले डिबक्सबाहिरबाट गरेको देब्रे खुटटाको प्रहारबाट जाली चुमाउदै अन्तर थप बढाए । फोडे फोफानाले ३५ औं मिनेटमा चौथो गोल गरे ।
पहिलो हाफ ४ गोलेको अग्रता लिएको देवदह दोस्रो हाफमा थप २ गोल गरे । देवदहका क्याप्टेन सुरज चौधरीले खेलको ५० औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे भने खेलको ७१ औं मिनेटमा आफनो तेस्रो गोल गर्दै हयाट्रिक पुरा गरे । उनि खेलमा प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।
मंगलबार दोस्रो क्वाटरफाईनल खेलमा सम्पूर्ण एफसी तिलोत्तमा र कपिलवस्तु ११ कपिलवस्तुका बिचमा खेल हुने क्लबका अध्यक्ष सुजु मल्लले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलवस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन ।


















प्रतिक्रिया