बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत सोमबार ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । बुटवल-१३ स्थित बदेलपोखरी क्षेत्रलाई केन्द्रित गरी गरिएको कारबाहीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विशेषगरी अत्यधिक आवाज निकाल्ने, सवारी साधनको बनावट परिवर्तन गर्ने सवारीहरूलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो ।

प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बढ्दो ध्वनि प्रदूषण र लापरवाहीपूर्ण सवारी सञ्चालनका कारण बजार क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको बताए । उनले नियन्त्रणमा लिइएका सवारी साधनका धनी तथा चालकलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे ।
प्रहरीले यसअघि पनि बुटवलका विभिन्न क्षेत्रमा यस्ता सवारीमाथि निगरानी र कारबाही गर्दै आएको थियो ।


















प्रतिक्रिया