२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)



बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान अन्तर्गत यहाँका मोटरसाइकल ग्यारेजहरुमा सचेतना कार्यक्रम सुरु गरेको छ । शान्त र मर्यादित वातावरण कायम राख्नका लागि बुटवल ईलाका प्रहरी कार्यालयले विशेष निगरानी र सचेतनामूलक पहल थालेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार, स्वरुप परिवर्तन गरिएका र ठूलो आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिने अभियानपछि अब ग्यारेजहरुमा पनि निगरानी बढाएर सचेतना कार्यक्रम लागू गरिएको छ । यसले राति ठूलो आवाज निकाल्ने, सडकमा स्टन्ड गर्ने, वा मादक पदार्थ सेवन गरी सवारी चलाउने गतिविधि नियन्त्रण गर्न सहयोग पुर्‍याउनेछ ।

प्रहरीले शनिबारदेखि सञ्चालन गरेको अभियानमा अहिलेसम्म ५० वटा मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाइएको छ । अभियान बुटवलको गोलपार्क, सुख्खानगर, राजमार्ग चौराह, कालिका पथ, योगिकुटी, बुद्धनगर, बेलबासको बदेलपोखरी लगायतका क्षेत्रमा केन्द्रित रहेको छ ।

अभियान अन्तर्गत मंगलबार १३ ओटा ग्यारेजहरुमा पुगेर मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने कार्यलाई निरुत्साहित गरिएको छ । कानून विपरित गतिविधि गरेको पाइएमा ग्यारेज सञ्चालकहरुलाई समेत कडा कारबाही गरिने चेतावनी दिइएको छ । यसअघि धेरै ग्यारेजहरुले ग्राहकको माग अनुसार मोटरसाइकललाई ठूलो आवाज निकाल्ने स्वरुपमा परिवर्तन गराउने गरेका थिए, तर प्रहरीले सचेतना अभियानपछि अधिकांश मोटरसाइकललाई सामान्य अवस्थामा फर्काउन प्रेरित गरेको छ ।

प्रहरीले अभियानमा पक्राउ परेका मोटरसाइकल चालकहरु प्रायः २५ वर्ष मुनिका युवा रहेको पत्ता लगाएको छ । यस अभियानले सडक दुर्घटना न्यूनिकरण र सामाजिक अपराध नियन्त्रणमा सहयोग पुर्याउने प्रहरीको विश्वास छ । बुटवललाई पर्यटकीय र शान्त शहरका रूपमा विकास गर्न प्रहरीले अन्य क्षेत्रहरुमा समेत विशेष अभियान सञ्चालन गर्ने तयारीमा रहेको छ ।

फोटो फिचरसहित

 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : ३० बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २