२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई महाराजगञ्जस्थित अस्पताल परिसरबाट पत्नी राधिका शाक्यसहित आफन्तको जिम्मा लगाएको हो ।

उनीसँगै पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भने भद्रकालीस्थित प्रहरी हिरासतमै रहेका छन् । उनलाई पनि हाजिर जमानतमा छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार दुवैजनालाई आफन्तको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट आएपछि ओलीलाई रिहा गरिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार रहेको आरोपमा सरकारले चैत १४ गते ओलीलाई गुन्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।

पक्राउपश्चात् चैत १५ गतेदेखि विभिन्न स्वास्थ्य समस्याका कारण उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । चिकित्सकका अनुसार उनलाई पित्तथैलीमा पत्थरी, थाइराइड, मधुमेह र उच्च रक्तचाप लगायतका समस्या देखिएको थियो ।

निरन्तर चिकित्सकीय निगरानी आवश्यक परेकाले अस्पतालले डिस्चार्ज नगरेपछि ओली प्रहरी हिरासतमा बस्न नपरेको जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : २० बजे

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

वार्ताअघि इस्लामाबाद बन्द

इस्लामाबाद । अमेरिका-इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली