२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

सुरु भयो पौवा ‘स्वाद उत्सव’



नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’ सुरु भएको छ । स्थापनाको १० औं वर्षको अवसर पारेर ग्राहकहरुलाई निशुल्क पौवाको स्वाद चखाउने उद्देश्यले ‘स्वाद उत्सव’ आयोजना गरिएको होटल पौवाले जनाएको छ ।

५ तारेको लक्ष्य सहित तिब्रगतिमा निर्माण भइरहेको पौवाको नेपालगन्ज शाखामा सञ्चालन गरिएको ‘स्वाद उत्सव’को एक कार्यक्रमका बीच नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले उदघाटन गरे । उत्सवको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ओलीले पौवाले छोटो समयमा आफुलाई नेशनल ब्राण्ड बनाउन सफल भएको बताए । उनले पछिल्लो समय धेरै उपभोक्ताहरुको पहिलो रोजाई होटल पौवा हुने गरेको बताउँदै यो विश्वासलाई कामय राख्न पौवा व्यवस्थापनलाई आग्रह गरे ।

होटल पौवा, नेपालगन्जका महाप्रबन्धक गिरीराज पाण्डेले १० वर्षको अनुभवबाट सिक्दै ग्राहकलाई थप सन्तुष्टी र अपनत्व प्रदान गर्न पौवा टिम प्रतिबद्ध रहेको बताए । १० वर्षको अवधिमा धेरै कुराको सिकाई भएको बताउँदै उनले त्यसबाट शिक्षा लिँदै बितायौं बालापनको नारा सहित अझै बढी सेवाभावका साथ पौवा टिम प्रस्तुत हुने जनाए ।

देशभरका २० वटा शाखाबाट ४० हजार बढीलाई स्वाद उत्सवमा आमन्त्रण गरिएको होटल पौवाले जनाएको छ । तीनदिन सम्म चल्ने स्वाद उत्सवमा पौवामा प्रतिपादन भएका परिकारहरु ग्राहकलाई निशुल्क खवाइने पौवा नेपालगन्जका जन सम्पर्क विभागका प्रमुख नेत्र भण्डारीले बताए । उनले हरेक दिन फरक स्वाद चाख्न पाईने गरि व्यवस्थापन गरिएको उनले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ३ : २१ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व