२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव रोकिएको छ । उच्च अदालत पाटनले तत्कालका लागि साधारण सभा र चुनाव रोक्न आदेश दिएसँगै महासंघको ६०औँ साधारण सभा र चुनाव अनिश्चितकालका लागि रोकिएको हो ।

बिहीबार उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको माग बमोजिम महासङ्घको ६०औँ साधारण सभा र निर्वाचन तत्कालका अन्तरिम आदेश जारी गरेको छ ।

चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ सहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा उद्योग वाणिज्य महासङ्घ, महासङ्घको कार्यकारिणी समिति, महासङ्घको सदस्यता समिति र महासङ्घको निर्वाचन समितिलाई विपक्षी बनाइएको थियो।

यस मुद्दामा चैत्र २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी हुने आदेश दिएको थियो। आज चैत्र २६ गते न्यायधीशद्वय केसी र खनालको संयुक्त इजलासले सोही आदेशले निरन्तरता पाउने गरी अन्तरिम आदेश जारी भएको हो ।

आगामी आइतबार र सोमबार (चैतको २९ र ३० गते) हुने महासङ्घको ६० औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी थियो । देशैभरबाट उम्मेवारहरु सहित प्रतिनिधिहरु काठमाडौं पुगिसकेको छन् । केही उम्मेदवाहरु भने चुनावी प्रचारका लागि देश दौडाहा रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ५ : ३७ बजे

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल