२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

प्रतिनिधिसभा उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामालाई पराजित गर्दै ठाकुर निर्वाचित भएको सभामुख डीपी अर्यालले सदनलाई जानकारी गराएका हुन् ।

ठाकुरलाई उनको दल श्रम संस्कृति पार्टीसहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको समर्थन प्राप्त भएको थियो । राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमालेले निर्वाचनमा भाग लिएको थिएन ।

निर्वाचनमा कुल २५६ सांसद सहभागी भएका थिए । जसमध्ये २२९ जनाले ठाकुरको पक्षमा मतदान गरेका थिए भने विपक्षमा ५ मत खसेको थियो । साथै, २२ जना सांसद तटस्थ बसेका थिए । सरस्वती लामाले ५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ०१ बजे

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व

सरकारमा समावेशी सहभागिता : मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा