१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ



काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शुक्रबार नै उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । सोअनुसार रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र गौरीकुमारी यादवलाई मन्त्री पदको जिम्मेवारी दिइएको हो ।

यसअघि श्रम मन्त्रालय सम्हालिरहेका दीपककुमार साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए । उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले नै सम्हाल्दै आएका छन् ।
रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ८ : ५३ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति