१ आश्विन २०८३, बिहिबार | September 18, 2026

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई



काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहमाथि अश्लील तथा आपत्तिजनक शब्द प्रयोग गरी भिडियो पोस्ट गरेको आरोपमा पक्राउ परेका उनलाई आइतबार रिहा गरिएको हो ।

उनीलाई चैत २६ गते पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट पक्राउ गरिएको थियो । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर गरेको आरोपमा जिल्ला अदालत पाँचथरबाट १० दिन हिरासतमा राख्न अनुमति समेत लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिरासतमा रहँदा स्वास्थ्य समस्या देखिएपछि उनलाई हाजिर जमानीमा परिवारको जिम्मा लगाएर रिहा गरिएको हो । उनलाई हजुरआमा र काकाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यद्यपि, पोख्रेलविरुद्धको मुद्दा भने यथावत् रहनेछ । म्याद थप भइसकेकाले उनी बाहिर रहेरै अनुसन्धान प्रक्रिया अगाडि बढ्ने प्रहरीले स्पष्ट पारेको छ ।

उनको पक्राउप्रति विभिन्न पक्षबाट आलोचना भएको थियो । जेनजी मुभमेन्ट नेपालले अभिव्यक्ति स्वतन्त्रताको हक सुनिश्चित गर्न माग गर्दै गिरफ्तारीको विरोध गरेको थियो । संगठनले अभिव्यक्तिकै आधारमा गरिएको कारबाहीले लोकतान्त्रिक मूल्य कमजोर बनाउने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : १८ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा