२० भदौ २०८३, शनिबार | September 5, 2026

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश



नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब खजुरालाई १–० गोल पराजित गर्दै जेविएम ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

जेविएम एफएका अरुण अधिकारीले खेलको ३३औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बनेपछि घरेलुु टोली स्तब्ध भयो । खेलका म्यान अफ द म्याच उमेश दर्लामीलाई खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल र वडा अध्यक्ष टेकबहादुर रोका क्षेत्रीले नगद १० हजार रुपैयाँसहितले पुरस्कृत गरे ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । नकआउट आधारमा खेलाइने उक्त प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फूटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : ०९ बजे

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका