५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने



खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न निकै प्रतिष्पर्धात्मक अन्तिम सेमिफाइनल खेलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै नाइजेरियन क्लब ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

नाइजेरियाको तर्फबाट ३९औं मिनेटमा ताजुदिन अकिनसोला र ७८औं मिनेटमा ओेलाबी अफिजले गोल गरेका थिए । फोर ब्रदर्स एफसीबाट अभिषेक महतोले गोल गरेका थिए । यो खेलमा नाइजेरियन जोनका ३ जना र फोर ब्रदरका २ जनाले पहेंलो कार्ड पाएका थिए ।

फाइनल प्रवेशसंगै नाइजेरियन टोलीले जेविएम फूटबल एकेडेमी लखनउसंगको उपाधि भिडन्त पक्का गरेको हो । दुबै प्रतियोगिताका विदेशी टोली हुन् । आइतबार दुबै टोलि उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

आइतबार ४ बजे फाइनल खेल हुने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । नाइजेरियन जोन क्लबले नकआउट चरणमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब खजुरालाई १–० गोल अन्तरले हराउँदै जेविएमले सेमिफाइनलको यात्रा तय गरेको थियो । खजुरा(४ डि(गाउँस्थित मिनी रंगशालामा प्रतियोगिता भइरहेको छ ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता नकआउट आधारमा खेलाइएको हो । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एम्टी एरिना, खजुरा घर भई हाल अमेरिकामा रहेका लिलबहादुर थापालगायतले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १० : ०३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं