२० भदौ २०८३, शनिबार | September 5, 2026

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई



खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाईजेरियन टोली जष्ट जोन एफसीले हात पारेको छ । खजुरा गाँपालिका-४ डि गाउँस्थित मिनी रंगशालामा आइतबार भएको फाइनल खेलमा नाईजेरियन टोली जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले पराजित गर्दै गोल्डकप हात पारेको हो ।

नाइजेरियाको जितमा क्लब कोनले दुई गोल गरे । यसैगरी एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे । प्रतियोगितामा नाइजेरियाका गोलरक्षक लेकन शितु, उत्कृष्ट रक्षक र म्यान अफ दि म्याच बिल्गो, एडवार्ड प्लेयर अफ दि पिस घोषित भए ।

यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्बाधिक गोलकर्ता बने ।

उपाधिसँगै नाईजेरियन जष्ट जोनले सात लाख रुपियाँ प्राप्त गरेको छ भने उपविजेता जेविएमले चार लाख रुपियाँ प्राप्त गरेको छ । विजयी खेलाडिहरुलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

चैत ३० देखि सुरु भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।  प्रतियोगिता समापनमा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले गोल्डकपलाई स्थानीय सरकारले एेतिहासिक उपलब्धिका रुपमा लिएको बताए । अध्यक्ष बिकले अर्को संस्करण अझ भव्य बनाउनका लागि खजुरा तयार हुने उल्लेख गरे ।

उत्कृष्ट खेलाडीहरुलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल लगायतले पुरस्कृत गरेका थिए ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाँउपालिकाको संरक्षकत्वमा गत चैत ३० गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता रहेको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

प्रतियोगिताका विजेता टिमले विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरेका हुन् । प्रतियोगिताका सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एम्टी एरिना लगायतले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ०६ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी